बैंकहरुको नाफा ९२ प्रतिशतसम्म घट्यो, ९ महीनामा ४०.६८ अर्ब आर्जन

नोटबजार संवाददाता
काठमाण्डाैं ।
७बैशाख, २०८१, शुक्रबार / Apr 19, 2024 12:50:pm

आर्थिक सुस्ताता र कोभिड महामारीको दीर्घकालीन असर वाणिज्य बैंकहरुको खुद नाफामा देखिएको छ । नयाँ कर्जा लगानी नभएर तनावमा रहेका बैंकहरुलाई प्रवाहित कर्जा असुली नभएपछि सो वापत गर्नुपरेको नोक्सानी व्यवस्थाका कारण खुद नाफा नराम्ररी प्रभावित बनेको हो ।

चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीनासम्मको अवधिमा समग्र वाणिज्य बैंकहरुको खुदनाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३१ लाख ५ हजारमा खुम्चिएको हो । गत आवको चैत मसान्तसम्मको अवधिमा बैंकहरुले ४७ करोड १ लाख ५३ हजार ७४ हजार थियो । यस अवधिसम्म बैंकहरुको नाफा न्यूनतम २ देखि ९२ प्रतिशतसम्म घटेको छ । सो अवधिमा नाफा बढाएका बैंकको पौने ६ देखि ९७ प्रतिशतसम्म वृद्धि भएको देखिएको हो ।

चालु आवको ६ महीना अवधिमा कृषि विकास बैंकको खुद नाफा सबैभन्दा धेरै ९७.२२ प्रतिशतले वृद्धि हुँदा दोस्रो धेरै वृद्धि गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ। सो बैकको नाफा २७.७० प्रतिशतले बढेको छ । यस्तै प्राइम कमर्सियलको १६.६६, सिद्धार्थ बैंक १३.०२, हिमालयन बैंक १२.०४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७.५२ र एरभेष्ट बैंकको खुद नाफा ५.७७ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै खुद नाफा घटेको नेपाल बैंकको ९२.६८ प्रतिशतले खुद नाफा घट्दा एनआईसी एशिया बैंकको ५२.३१, माछापुच्छ्रे बैंकको ३६.७३, नेपाल एसबिआई बैंकको ३५.४४, राष्ट्रिय वाणिज्य बैंकको ३३.६०, ग्लोबल आइएमई बैंकको २४.१३, कुमारी बैंकको १९.१२, एनएमबि बैंकको १६.४४, सानिमा बैंकको १५.९०, नबिल बैंक ८.७६, प्रभु बैंक ७.२७, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.२४ प्रतिशत र सिटिजन बैंक इन्टरनेशलको सबैभन्दा कम १.९९ प्रतिशतले खुद नाफा घटेको हो ।

S.N. Sector- Commercial Banks Q3 2080-81 Q32079-80 Difference
1 Nabil Bank Limited 4668029.00 5116174.00 -8.76
2 Global IME Bank Limited 3306552.00 4358264.00 -24.13
3 Nepal Investment Mega Bank Limited 3275277.00 3046123.00 7.52
4 Prime Commercial Bank Ltd. 2878764.22 2467556.93 16.66
5 Everest Bank Limited 2608464.00 2466064.00 5.77
6 Standard Chartered Bank Limited 2447122.00 2610087.00 -6.24
7 Rastriya Banajya Bank 2374823.75 3576774.55 -33.60
8 NMB Bank Limited 2241595.00 2682532.00 -16.44
9 Agriculture Development Bank  2053166.23 1041037.97 97.22
10 Himalayan Bank Limited 1948181.22 1738862.82 12.04
11 NIC Asia Bank Ltd. 1914891.67 4014924.55 -52.31
12 Prabhu Bank Limited 1812458.00 1954625.00 -7.27
13 Siddhartha Bank Limited 1684090.73 1490101.04 13.02
14 Laxmi Sunrise Bank Limited 1615903.00 1265345.00 27.70
15 Sanima Bank Limited 1439442.81 1711613.82 -15.90
16 Citizen Bank International Limited 1211416.81 1236061.60 -1.99
17 Nepal SBI Bank Limited 1164177.87 1803285.80 -35.44
18 Kumari Bank Limited 1052794.53 1301659.40 -19.12
19 Machhapuchhre Bank Limited 855446.56 1351952.47 -36.73
20 Nepal Bank Limited 130509.11 1782330.00 -92.68
Total 40683105.49 47015374.95 -13.47

नोटः वाणिज्य बैंकहरुको खुद नाफा रकमलाई हजारमा देखाइएको छ ।

चैत मसान्तसम्म कुन बैंकको नाफा कति ?

सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकमध्ये ९ ओटले २ अर्बभन्दा धेरै खुद नाफा आर्जन गर्दा २ ओटको नाफा १ अर्बभन्दा कम रहेको छ । बाँकी ९ ओटको नाफा एक अर्बभन्दा धेरै दुई अर्बभन्दा कम छ ।

  1. नबिलः ४ अर्ब ६६ करोड ८० लाख
  2. ग्लोबल आइएमईः ३ अर्ब ३० करोड ६५ लाख
  3. नेपाल इन्भेष्टमेन्ट मेगाः ३ अर्ब २७ करोड ५२ लाख
  4. प्राइम कमर्सियलः २ अर्ब ८७ करोड ८७ लाख
  5. एभरेष्टः २ अर्ब ६० करोड ८४ लाख
  6. स्ट्याण्डर्ड चार्टर्डः २ अर्ब ४४ करोड ७१ लाख
  7. आरबिबिः २ अर्ब ३७ करोड ४८ लाख
  8. एनएमबिः २ अर्ब २४ करोड १५ लाख
  9. कृषि विकास २ अर्ब ५ करोड ३१ लाख
  10. हिमालयनः १ अर्ब ९४ करोड ८१ लाख
  11. एनआईसी एशियाः १ अर्ब ९१ करोड ४८ लाख
  12. प्रभुः १ अर्ब ८१ करोड २४ लाख
  13. सिद्धार्थः १ अर्ब ६८ करोड ४० लाख
  14. लक्ष्मी सनराइजः १ अर्ब ६१ करोड ५९ लाख
  15. सानिमाः १ अर्ब ४३ करोड ९४ लाख
  16. सिटिजनः १ अर्ब २१ करोड १४ लाख
  17. नेपाल एसबिआईः १ अर्ब १६ करोड ४१ लाख
  18. कुमारीः १ अर्ब ५ करोड २७ करोड
  19. माछापुच्छ्रेः ८५ करोड ५४ लाख
  20. नेपाल बैंकः १३ करोड ५ लाख

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments