मध्यपुर्वको अस्थिर राजनीतिक अवस्था र फेडको स्थिर नीतिका कारण यो साता घट्यो सुनको भाउ

नोटबजार संवाददाता
काठमाण्डौं ।
२२बैशाख, २०८१, शनिबार / May 04, 2024 12:01:pm

यो साता सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । मध्यपुर्व क्षेत्रको अस्थिर राजनीतिक अवस्था र फेडको स्थिर नीतिका कारण सुनको मूल्यमा गिरावट आएको सुन–चाँदी विश्लेषकहरुले बताएका छन् ।

यो साता विगतमा एकपछि अर्को गरी नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मुल्यमा सामान्य घट्न बल पुगेको छ । यद्यपी केही महिनाभित्रैमा सुनको मुल्यले थप उचाई कायम गर्ने सुन विज्ञहरु बताउँछन् ।

साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन सोमबार सामान्य घटेको मुल्य तेस्रो दिन मंगलबार स्थिर रहेको थियो । साताको चौथो दिनदेखि पुनः ओरालो लाागेको मुल्यमा साताको अन्तिम काराबोर दिन शुक्रबार सम्म निरन्तर कमी आएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार १ लाख ३७ हजार ६०० रुपैयाँ रहेको छापावाला सुनको भाउ दोस्रो कारोबार दिन सोमबार सामान्य घटेर १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै साताको तेस्रो कारोबार दिन मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार २ हजार ७०० रुपैयाँ घटेर १ लाख ३४ हजार ५०० रुपैयाँमा सिमित भएको थियो ।

यस्तै बिहीबार दुई हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५०० रुपैयाँ तोकिएको सुनको भाउ शुक्रबार १ हजार १०० रुपैयाँले घटेसँगै १ लाख ३५ हजार ४०० रुपैयाँमा सिमित बनेको छ ।

नेपाली बजारमा यो साता चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ६ सय ६० रुपैयाँ रहेको मुल्य साताभरको उतार चढाव पश्चात अन्तिम दिन शुक्रबार प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कायम भएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments